काठमाडौं । अवैध संरचना भत्काउने लगायत महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कर नतिर्ने क्यासिनोहरुलाई पनि पत्र काटेका छन् ।
७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् ।
मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरिएको छ ।
अन्यथा नियम बमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।