• आश्विन १३ २०८१, आईतवार

यि तीन चिज जसले तपाईलाई अनावश्यक सोच हटाउन मद्दत पुग्नेछ

भाद्र १९ २०७९, आईतवार

काठमाडौैं । धेरै मानिसहरुको दिमागमा अनावश्यक सोच आइरहन्छ । कतिपय समयमा मान्छे अनावश्यक सोचकै कारण अरु काम गर्न नसक्ने अबस्थामा पनि पुग्ने गर्दछन् । धेरै सोच्नु मात्रै नराम्रो कुरा होइन तर यसले दैनिक जीवनमा नराम्रो असर पारिरहेको हुन्छ । जसले काममा मात्रै बाधा पुर्याउँदैन जोश र जाँगर पनि कम हुँदै जान्छ ।

त्यसो भए अब यि सबै चिजबाट मुक्त हुनका लागि के गर्ने ? यस कारण आफ्नो सोचका कारण कुनै पनि कुरा हातबाट नगुमोस् भन्नेमा ध्यान दिनु जरुरी हुन्छ।

विशेषज्ञहरुका अनुसार निम्न उपायबाट अनावश्यक सोच रोक्न सकिन्छ–

१. स्पष्ट बोल्ने बानी
मनभित्र धेरै कुरा गुम्स्याएर राख्ने बानीको कारण हामी भित्रभित्रै पीडित भइरहेका हुन्छौ । साथै आफूले गर्न खोजेको काम पनि फत्ते गर्न सकिरहेका हुँदैनौ । त्यस्तो कुराले हामी आफैलाई हानी गर्छ । आफूलाई मनमा लागेकै हिसाबमा मात्र कुनै पनि कुराको निष्कर्षमा पुग्नुभन्दा पनि स्पष्टरुपमा कुरा गर्ने बानी विकास गर्नुपर्छ। यसो गर्दा अनावश्यक सोचले जन्म लिन पाउँदैन।

२. सकारात्मक ऊर्जा बढाउनु
अनावश्यक सोच आउने मानिसमा नकारात्मक ऊर्जा बढी हुने सम्भावना पनि हुन्छ। त्यसैले नकारात्मकता हटाउन सकेसम्म सकारात्मक ऊर्जा बढाउनु जरुरी हुन्छ। सकारात्मक ऊर्जा बढाउन कहिलेकाहीँ आफ्नो सोच परिवर्तन गर्नु जरुरी हुन्छ।

३. अनावश्यक सोचको व्यवस्थापन
अनावश्यक सोचलाई आफ्नै तरिकाले व्यवस्थपन पनि गर्न सकिन्छ। मनौवैज्ञानिकहरुका अनुसार अनावश्यक सोच आाएपछि १० देखि ३० मिनेटसम्म एउटा मेचमा बस्ने अभ्यास गर्ने र अनावश्यक सोचलाई आउन दिनुपर्छ।

यसो गर्दा यो मेचबाट उठ्दा आफ्नो दिमाग धेरै हदसम्म हल्का भइसकेको हुन्छ। त्यसपछि एउटा यस्तो अवस्था आउँछ त्यो अवस्थमा उक्त मेचदेखि नै तपाईंलाई रिस उठ्न थाल्छ र तपाईंले त्यसलाई आफूभित्रै रोक्न सक्नुहुन्छ।