एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिस खेलबाट सन्यास लिएकी छिन् । उनले शुक्रबार टेनिसलाई अलबिदा भनिन् ।
शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् । न्युयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।
खेलपछि उनी भावुक देखिइन् र हात हल्लाएर मानिसहरूबाट बिदा भइन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई यहाँ नै अन्त्य गरिन् । कोर्टको बिचमा नै उनको अन्तरवार्ता गरियो तब उनको आँखाबाट आँसु छल्कियो । उनले आफ्नो परिवार, टिम, दर्शक र आफ्नो प्रशंसकलाई उनको समर्थनका लागि धन्यवाद दिइन् ।