• फाल्गुन २४ २०८२, आईतवार

सिटिईभिटीको नियम मिच्ने निजी विद्यालयलाई कारवाही गर्न क्रान्तिकारीको माग

भाद्र १७ २०७९, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्वियू (क्रान्तिकारी)ले सिटिईभिटीलाई शैक्षिक मागपत्र बुझाएको छ ।

क्रान्तिकारीको केन्द्रिय सचिव एवम् विश्वविद्यालय कमाण्ड इन्चार्ज ई. नवराज भट्टको नेतृत्वमा गएको टोलीले सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलाई शैक्षिक माग पत्र बुझाएको केन्द्रिय कार्यालय सचिव राजन साउदले जानकारी गराए ।

सिटिईभिटी उपत्यका जिल्ला समितिका संयोजक भुपालद्वारा हस्ताक्षर मागपत्रमा समग्र सिटिईभिटीकोको शैक्षिक रुपान्तरण गर्नु पर्ने बुँदाहरु समावेश गरिएको छ ।

माग पत्र बुझ्दै सदस्य सचिव काफ्लेले माग पत्रमा उल्लेखित केही बुँदाहरु कार्यान्वयनको चरणमा अघि बढाइसकेको र  अन्य मागहरुलाई तत्काल वार्ता समितिसँग छलफल र बहस सहित सहमति गर्दै कार्यान्वयनको फेजमा लाने प्रतिबद्धता गरेका थिए ।

माग पत्र बुझाउने कार्यक्रममा अनेरास्वियू (क्रान्तिकारी) केन्द्रीय सचिव ई. नवराज भट्ट , केन्द्रीय कार्यालय सदस्य गणेश रोकाय , सचिवालय सदस्य डिबी शाही, केन्द्रिय सदस्य तथा केन्द्रिय कार्यालय सचिव राजन साउद र सिटिईभिटी उपत्यका जिल्ला समिति संयोजक भुपाल विक लगायतका नेताहरु सहभागी  थिए ।