• मंसिर १२ २०८१, बुधबार

गोवा नेपाली समाजको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । गोवा नेपाली समाजद्वारा आयोजित हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोवा सरकारका सांस्कृतिक तथा खेलकुद मन्त्री गोविन्द गाउडेले भारतको विकासमा नेपालीहरुको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले नेपाली गोर्खा राइफल बोर्डरमा भएका कारण आफूहरु चयनसित सुत्न पाएको बताए ।

कार्यक्रमका विशेष अतिथि प्रभाकर ढगेले नेपाल भारतको सम्बन्ध युगौंदेखि रहेको र यो सम्बन्ध एक अर्का सरकारका कारण परिवर्तन हुन नसक्ने बताए l उनले भारतिय जनता र नेपाली जनताको सम्बन्ध रोटीबेटीको भएको पनि बताए ।

प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पालीले गोवाको विकास र समृद्धिमा नेपालीहरुको महत्त्वपूर्ण योगदान रहेको र आगामी दिनमा गोवा सरकारसित हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । साथै उनले भारतमा बर्सेनि सयौंको संख्यामा नेपालीहरुको मृत्यु हुने गर्छ तर दिल्लीस्थित नेपाली दुतावासले आधिकारिक रुपमा अत्तोपत्तो गर्दैन र नेपाल सरकारले मृत्यु हुनेलाई नेपालसम्म लैजान कुनै पहलकदमी गर्दैन भन्ने आरोप लगाए ।               

कार्यक्रममा अखिल भारत एकता मंचका केन्द्रीय सचिव प्रेम सेर्पालीले पनि मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सो संगठनका महासचिव बलाराम सेर्पालीले गरेका थिए भने कार्यक्रमको सहजिकरण रेडियो संचालिका भावना केसीले गरिकी थिइन्  l कार्यक्रमका अथितिहरुमा प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय प्रवक्ता अर्जुन कार्की, गोवा प्रदेश अध्यक्ष ओपेन्द्र शाही, निर्मला आचार्य लगायत थिए । नेपाली नारीहरुको महान चाड हरितालिका तिजलाई प्रदेश मै भए पनि  भव्यताका साथ मनाए l आफ्नो लोक साँस्कृति जगेर्ना गर्ने हेतुले गोवा नेपाली समाजले सांस्कृतिक कार्यक्रम को आयोजना गरेको थियो।

कार्यक्रममा लोक तथा दोहोरी गायक बालचन्द्र बराल,  लोक गायिका जानकी तारामीमगरले हलमा उपस्थिति दर्शनलाई छमछमी नचाएकी थिईन । कार्यक्रममा लोकप्रिय कलाकार प्रकाश विसी, स्थानीय कलाकार श्यामकुमार विसी, केशब मिलन ओली, कमल विसी र पवन शेर्पाली गरि थुप्रै कलाकारको प्रस्तुती पनि रहेको थियो ।