• आश्विन १४ २०८१, सोमबार

बालबालिकाको खाजा रकम दुरुपयोग भएको भन्दै क्रान्तिकारीद्धारा नगरपालिकाको ध्यानाकर्षण

भाद्र १५ २०७९, बुधबार

वीरेन्द्रनगर। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विद्यार्थीको लागि आएको खाजा खर्च दुरुपयोग भएको भन्दै यसो नगर्न कालिकोटको खाँडाचक्र नगरपालिकाको ध्यानाकर्षन गराएको छ ।

खाँडाचक्र नगरपालिकाका शिक्षकहरु र जनप्रतिनिधिहरुले आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा नपढाई सुर्खेत अथवा काठमाडौंका महँगा विद्यालयमा पढाउने गरेको पाइएको भन्दै गाउँकै सरकारी विद्यालयमा पढाउनुपर्ने माग सो संगठनले राखेको छ ।

साथै सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब बालबच्चाको खाजाको लागि आउने खर्चले शिक्षक पाल्ने गरेकाले यसमा पनि सो युनियनले विरोध जनाएको छ ।

सो संगठनले शिक्षक, कर्मचारी वा जनप्रतिनिधिका बालबच्चालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने, शिक्षक अपुग भएका विद्यालयहरुमा नगरपालिकाले तत्काल दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यार्थीलाई अनिवार्य खाजा खुवाउनुपर्ने, शैक्षिक नियमावली २०६५ अनुसार विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गर्नुपर्ने जस्ता मागहरु पनि राखेको छ ।