थोमस अल्भा एडिसन हामीले बिजुलीमा बाल्ने बल्बका आविष्कारक हुन् । अहिले पनि बल्ब निर्माण जुन कम्पनीले गरे पनि त्यसको प्याटेन्ट राइट (स्वामित्व) एडिसनलाई जान्छ ।
११ फेब्रुअरी १८४७ मा जन्मेका एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । उनी आफूले चिताएको काममा निकै लागि परिरहन्थे । निरन्तर र अटुट प्रयासपछि मात्र उनले बिजुलीको बल्ब निर्माण गर्न सकेका थिए ।
बल्ब निर्माण गर्दा उनी ९९९ पटक असफल भएका थिए । एक पटक त विजुली सट भएर उनको प्रयोगशाला नै जलेको थियो । तर पनि उनले हार मानेनन् ।
उनले बल्बको प्रयोग सफल बनाउन हजारौं हण्डर र ठक्कर खानु परेको थियो । तर पनि नयाँ कुरा प्रयोगका लागि उनी दत्तचित्त थिए । ९९९ पटक असफल भएका उनी दशौं हजार पटकको प्रयासमा सफल भए ।
यो सफलता उनका लागि निरन्तर प्रयासको परिणाम थियो भने अरू सबैका लागि आश्चर्यको विषय थियो । आज हामीले सजिलै बजारमा पुगी विजुली पसलबाट बल्ब किनेर घर तथा कोठाहरूमा झक्क विजुली बाल्ने गर्छौं ।
लामो समयदेखि प्रयोगमा आइरहेको हुनाले बल्बको प्रयोग हामीलाई सामान्य झैं लाग्छ । तर यो असामान्य र असाधरण प्रतिभा र प्रयासबाट संभव भएको हो ।
यदि एडिसनले बल्ब पत्ता लगाउँदैनथे भने हामीहरू अहिले यति उजयालो सहर र गाउँघर बनाएर बस्न सक्ने थिएनौ । विजुलीको क्षेत्रमा यति ठूलो परिवर्तन वा क्रान्ति पनि हुने थिएन ।
अमेरिकाको आहायो राज्यमा जन्मिएका उनी सानो छँदा निकै दुःख पाएका थिए । उनी ७ भाइबहिनीमा कान्छा थिए । परिवारमा दःख भएकाले धेरै औपचारिक शिक्षा आर्जन गर्ने अवसर पनि पाएका थिएनन् ।
उनले सुरूमा रेलरोडमा काम गरे । त्यसपछि टेलिग्राफ ओपरेटरका रूपमा काम गर्ने मौका पाए । उनको लगाव इन्जिनियरिङमा थियो । उनी अनुसन्धानकर्ता थिए ।
एडिसन हार नखाने मानिस थिए । ९९९ पटक असफल हुँदा पनि उनले हार खाएनन् । बरू त्यसैको उत्कृष्टतम् आविष्कारमा जुटिरहे ।
उनीभन्दा पहिल्यै धनीमानीहरूले बल्ब निर्माण गर्न ठूलो रासी खर्च गरिरहेका थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्नु परेको थियो एडिसनले । आखिर धनपैसाको तुलनामा एडिसनको वौद्धिक आविष्कार विजयी भयो ।
उनको आविष्कारलाई लिएर पहिलो विश्वयुद्धताका निकै चर्चा चल्ने गरेको थियो । उनलाई धेरैले ‘बोक्सो’ भन्ने गर्दथे । ‘मेन्लो पार्कको बोक्सो’ भनेर उनलाई भन्ने गरिन्थ्यो ।
बल्बको आविष्कारलाई अचम्मको काम मानिरहेका थिए । यो काम अलौकिक थियो उनीहरूका लागि । त्यसैले यस्ता काम कि त देवता कि त बोक्सोहरूले मात्र गार्न सक्ने उनीहरूको विश्वास थियो ।