• मंसिर १४ २०८१, शुक्रबार

प्राधिकरणले सुरु गर्यो आफ्नै प्राङ्गणबाट चार्जिङ स्टेशन

भाद्र १४ २०७९, मंगलवार

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले आफ्नै प्राङ्गणबाट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो । बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी लाग्ने र बेलुकीको समयमा अझै कम शुल्क लाग्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनका अनुसार चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने छ । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए ।