एजेन्सी । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् ।
सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद दिए । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उहाँले सञ्जालमा उल्लेख गरेका छन् ।
विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित थिए । उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गरेका थिए । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनले दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका थिए ।
विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गरेका थिए । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उहाँले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।