• आश्विन १४ २०८१, सोमबार

घले समाज निकट साँस्कृतिक विभागको वार्षिक उत्सव सम्पन्न

भाद्र १२ २०७९, आईतवार
 काठमाडौं । लिःल फङ (घले समाज)को केन्द्रीय साँस्कृतिक तथा कलाकार विभागले तेस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । शनिबार काठमाडौंको सामाखुशीस्थित ग्लोबल क्याफेमा घले समाजका केन्द्रीय अध्यक्ष दिनेशकुमार घलेको प्रमुख आथित्यतामा साँस्कृतिक कार्यक्रम सहित भव्यताका साथ वार्षिक उत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रममार्फत् निमन्त्रणालाई स्वीकार गरेर उपस्थित अतिथिहरुलाई आभार व्यक्त गरिएको छ । सुरुवाती दिनदेखि आजसम्म कार्यक्रमको लागि आर्थिक पक्षलाई अत्यन्त मजबुत बनाउनका लागि महत्वपूर्ण योगदान गर्नुहुने घले समाजका केन्द्रीय साँस्कृतिक तथा कलाकार विभागका सल्लाहकारहरु यसप्रकार रहेका छन् ।
मिन घले, नर घले, देवी घले, रामचन्द्र घले, तिर्थ घले, धन घले, पुरु घले, राम घले, बेनीरानी घले, तिलराज घले, उर्मिला घले ।
त्यसैगरी कार्यक्रम स्थलमै आर्थिक सहयोग गर्नु हुनेहरु यसप्रकार रहेका छन् ःघले समाज लम्जुङका जिल्ला अध्यक्ष विरसिंह घले, बिमला घले, फुलराज घले, समर घले । आर्थिक सहयोग गर्ने सहयोगी हातहरुलाई अध्यक्ष हिमाल घलेले हृदय देखि नै आभार व्यक्त गरे ।