• मंसिर १३ २०८१, बिहीबार

स्वास्थ्यकर्मीहरुलाई अब ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । स्वास्थ्यकर्मीलाई अबदेखि दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक,नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगको २ भदौमा बसेको बैठकले प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो।

आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्नसमेत निर्देशन दिएको छ ।