• आश्विन १३ २०८१, आईतवार

सफलता चुम्न अतृप्त रहनुस् तर इमान्दार रहनुस्

भाद्र १२ २०७९, आईतवार

१. ‘सधैं आफ्नो दूरदृष्टि बनाइराख, अरू कुराले त साथ दिइहाल्छन्’ –आर्नोल्ड स्वार्जन्गर, बडी बिल्डर ।

२. ‘असफलता नियन्त्रणको उत्कर्ष नै सफलता हो’ –सिल्भेष्टर स्टालन, कलाकार ।

३. ‘तिम्रो आकांक्षा अरूको हाँसोमा उडाउन नदेऊ’ –जेके रोलिङ, लेखिका ।

४. ‘सबै असल सोचहरू खराब सुरूआतबाट आउने भएकाले नै उन्नति गर्न लामो समय लाग्छ’ –स्टेभेन स्पिलवर्ग, फिल्म निर्माता ।

५. ‘सपना भनेको तिमी निदाएका बेला देखिने कुरा होइन, बरू सपना भनेको त्यो हो, जसले तिमीलाई निदाउन दिँदैन’– रोनाल्डो, फूटबलर ।

६. ‘सपनासम्म पुग्न कठीन संघर्ष गर्नुपर्छ, यसका लागि परिआएमा बलिदान पनि गर्नुपर्छ’ –लियोनल मेस्सी, फूटबलर ।

७. ‘सफलताको सूचक नै असफलता हो’ –माइकल जोर्डन, बास्केटबल खेलाडी ।

८. ‘सम्झी राख कि जहाँ तिम्रो मन छ, त्यही नै तिम्रो खजाना छ’ –पाउलो कोयल्हो, पुस्तक प्रकाशक ।

९. ‘जो कसैले पनि प्राप्त गर्न सक्ने महान सफलता अरूले पनि प्राप्त गर्नसक्छ’ –अब्राहम लिङ्कन, पूर्व अमेरिकी राष्ट्रपति ।

१०. ‘अतृप्त रहनुस् र इमान्दार रहनुस्’ –टम ब्राडी, एथलेटिक खेलाडी ।