काठमाडौं । नेपाली बजारमा कारोबारको पहिलो दिन(आइतबार) सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ पनि घटेर ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।