• असार २५ २०८१, सोमबार

घोराही कारागारको पुस्तकालयमा पढिसकिएका पुस्तक मात्रै, पुगेनन् नयाँ पुस्तक

भाद्र १० २०७९, शुक्रबार

घोराही १०, भदौ । बुद्धको विश्व चिन्तन र जेल दर्शन दुईदुई वटा पुस्तक नारायणप्रसाद शर्माले जेलर बासुदेव खनाललाई हस्तान्तरण गर्नुभयो । चारवटा पुस्तक पाउँदा जेलर निकै हर्षित देखिनुहुन्थ्यो । त्यसैबखत उहाँको कार्यकक्षमा पस्नुभएका नेपाल प्रहरीका डिएसपीले पनि खुशी व्यक्त गर्नुभयो ।

ब्लक ‘ए’को पुस्तकालयमा रहेको मैले ‘देखेको दरबार’ नामक पुस्तक फ्याक्कै फक्किएको जस्तो देखिन्थ्यो । धेरै जनाले पढ्दा पढ्दा मैलियो, खुईलियो र त्यसको बाक्लो गाता फक्किएको हो । ‘यिनी किताब त सबै पढिभ्याई सकियो’ त्यहीँ आन्तरिक प्रशासन हेर्ने चौकीदार आनन्दकुमार शाहले भन्नुभयोे, ‘कोही पुस्तक दिनेवाला भए उपलब्ध गराइदिने भनिदिनुहोला ।’

उहाँका अनुसार पढ्ने धेरै छन् । एउटै पुस्तक कति पटक दोहोर्याएर पढुन् । त्यहाँको पुस्तकालयमा एउटा र्याक रित्तै थियो । अरु र्याकमा पनि पुस्तक निकालेको देखिने खापहरु थिए । एउटा र्याकमा भने सरस्वतीको फ्रेम राखिएको थियो । विद्याकी देवी भनेर पुजिएको हो । दुई तिन वटा र्याक भने टमक्कै थिए । त्यहाँ देखिने पुस्तक सबै पढेर राखेका जस्तै लाग्थे । त्यति नै संख्यामा थप पुस्तक अटाउने खाली ठाउँ थियो ।

त्यहाँ रहेकामा भर्खरै ल्याएका जस्ता नयाँ पुस्तक एउटापनि लाग्दैन्थे । ब्लक ‘बि’मा झन कम संख्याका पुस्तक देखिन्थे । त्यहाँको र्याक भने पुस्तकले टमक्कै भरिएको थियो । एउटामा मात्रै केही पुस्तक निकालेको जस्तो लाग्दथ्यो । कोठा अभावका कारण जिम र लाइब्रेरी एउटै कक्षमा थियो । ब्लक ‘ए’को लाईबे्रेरी भित्र डकुमेन्टेशनको काम हुन्छ । सबै कागजात कम्प्यूटराईज गरिन्छ । कागजमा लेखिन्न ।

ब्लक ‘ए’ मा एक सय ८४ र ब्लक ‘बि’ मा एक सय ३५ गरी जम्मा तिन सय १९ कैदी बन्दी थिए । उनीहरुका लागि पर्याप्त पुस्तक देखिएनन् । क्षमता ७० भन्दा चार गुणा बढि कैदि बन्दी छन् । उनीहरु कारगार भित्रैका सुन्दर बगैचामा मज्जाले सुतेको देखिए । दुई तहको बेडमा र केही भुईंमा पनि सुतेका थिए । कसैले सिमी केलाउन लागेका थिए । कतिले गलैँचा बुन्थे । एक जनाले बु्रस आरीले काटिरहनुभएको थियो । क्यारेम बोर्ड खेल्नेको संख्या अलि बढि देखिन्थ्यो ।

कोही कोठाभित्र भित्र टिभी हेरिरहेका थिए । परिचय पत्र टंगाएका सेनाको जस्तै एटेन्सनमा अनुशासित उभिएका देखिए । जेलर नजिक जाँदा नमस्कार भनेर स्वागत गर्थे । जता जाँदा पनि उनीहरु गज्जबको सैन्य फर्मेसनमा उभिएका थिए । सबैको मुहारमा उज्यालो थियो ।

त्यसले भित्रको बसाईमा कष्ट छैन भनेर अनुमान लगाउने पर्याप्त थियो । तर एकजना पनि पढिरहेको भने भेटिएनन् । सरसफाइ र सजावटले त्यहाँ जाँगरिला तथा सिपालु छन् भन्ने देखाउँथ्यो । शान्ति सुधाको टपर विद्यार्थी । काठमाडौं कलेज पढ्दाको मेडलिष्ट र चीनको सिचुवान तथा भारतमा बसेर रिसर्चको अनुभव छ ।

नेपाल भारत चीन रणनीतिक र आर्थिक साझेदारी कसरी गर्ने भन्ने अध्ययन अनुसन्धान टोलीमा बस्नुभयो । उहाँले २० वटा जति कन्फरेन्स र २७ देशका व्यक्तिसँग काम गरेको अनुभव खनालसित छ । त्यसैलाई आधार बनाउँदै बन्दीगृहलाई सुधार गृहमा रुपान्तरण गर्ने योजना छ ।