• मंसिर ११ २०८१, मंगलवार

नेकपा(बहुमत) रुपन्देहीको दाेस्राे पुर्ण बैठक सम्पन्न 

भाद्र ८ २०७९, बुधबार

लुम्बिनी । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रुपन्देहीकाे दाेस्राे बैठक सम्पन्न भएको छ ।

आज  रुपन्देहीको वुटवलमा बसेकाे उक्त बैठकले नवऔपनिवेशिक दलाल नाेक्करशाहि पुँजीवादि व्यवस्थाका विरुद्ध एकीकृत जनयुद्ध संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले भ्रष्टाचार,महङ्गि, कालाेबजारि,तस्करी लगायतका राष्ट्रियता,जनतन्त्र र जिविकाका बिषयमा संघर्ष गर्ने निर्यण समेत गरेको छ । उक्त बैठकले विभिन्न विभागहरु निर्माण गरि विभागिय जिम्मेवारी समेत ताेकेकाे छ भने यहीँ भदौ दस अखिल नेपाल महिला संगठन रुपन्देहीको जिल्ला सम्मेलन समेत गर्ने निर्यण गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज सार्दुल,विशेष अतिथि नेकपा(बहुमत) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज प्रवेश,अतिथिहरु अर्घाखाँची जिल्ला संयाेजक बारुद,पाल्पा जिल्ला संयाेजक दिग्दर्शन,युवा जनस्वयम् सेवकका लुम्बिनीका मिलनकाे उपस्थिति समेत रहेको थियोे ।

बैठकको अध्यक्षता तथा संचालन जिल्ला संयाेजक सुनिलले गर्नु भएको थियो ।