• मंसिर १२ २०८१, बुधबार

बलिउड अभिनेता अमिताभ बच्चनलाई दोस्रो पटक कोरोना संक्रमण

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन् ।

‘म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले भनेका छन् । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलोपटक संक्रमित बनेका थिए।