धेरै गीतहरु मन पर्छ पंक्तिकारलाई, तीजमा त नयाँ नयाँ भाकाहरु आउने गरेकै छन् । गीत र यथार्थ जीवन नितान्त बेग्लै हो । सोच्यास्तो रैनछ जीन्दगी….यो पनि मीठो गीत हो, अझ यसपालि तीजमा चर्चा पाएको गीत यस्तो छ : मायालुले बोलायो बेलुका…. जाम्की नजाम्भो, बेलुका मायालुले पक्कै एक कप फिका चिया खुवाउन मात्रै बोलाउँदैन होला ।
आफ्ना पिता दक्षबाट आफू र आफ्ना पति शिवको अपहेलना भयो भन्दै शिव पत्नी सतीदेवीले पिताका दरबारमा भइरहेको महायज्ञ भनौँ अग्निमा हाम्फालेर मरिन् । ८७ हजार वर्षसम्म श्रीशिव विह्वल भई उनै सतीदेवीले अर्को जन्म हिमालय पुत्री भनौँ मेनकाका गर्भबाट पार्वती रुपमा जन्मिएको थाहा पाएर शिवले उनैसँगको र पार्वतीले उनै पाउन तीजको व्रत, स्वस्थानीको व्रत गरी उनै पति पाएको प्रसंग पौराणिक कथाहरुमा पाइन्छ ।
पार्वतीका पिताले छोरीको विहे विष्णुसँग गर्न लाग्दा साथीहरुबाट हराइएकी पार्वतीलाई खोजेर शिवसँगै विवाह गराइएको अर्थात् सखिभिर्हरिता यस्मात् तस्मात् सा हरितालिका भनिएको छ शास्त्रमा, चर्चा धेरै छ हरितालिकाको ।
यसरी गरिएको प्रेम विवाहले पनि खासै सफलता नपाएको, बेला बेला पार्वतीले कष्ट र हैरानी पाएको, छोरो कुमार शिवको विर्य भए पनि गंगाबाट जन्माउनु परेको, गणेश छोरालाई पार्वतीले आप्mनै पसिनाले उदय गराउनु परेको छ ।
शिव पार्वतीको परिवारै फरक, सबैको आहारा फरक, आनीबानी फरक, बाहन फरक, धेरै फरक ।
महाभारतकी कुन्तीले कुमारीमै कर्ण पाएको छोराहरुले भीषण युद्ध उसैसँग गर्नु परेको, पछि पिण्ड पानी दिन तयार हुँदा आमाले पहिले जेठो दाजूलाई तर्पण, पिण्ड दिनु भन्दा युधिष्ठिर अवाक् भई अबदेखि कुनै स्त्रीहरुको घाँटीमा रुद्रघण्टी नहोस् कुनै कुरो लामो समय लुकाउन नसकुन् भन्दै श्राप गर्नु परेको, कुन्तीपति पाण्डुलाई नै श्राप पर्दा सम्भोग हुन नपाओस् भन्ने श्रापले पति पाण्डुको आदेश र पहिलेको वरदानले धर्मराजलाई बोलाई युधिष्ठिर, पवनलाई बोलाई भीमसेन, इन्द्रलाई बोलाई अर्जुन र कान्छी श्रीमतीले कुन्तीबाट पाएको मन्त्रले अश्विनीकुमार बोलाई माद्रीबाट नहकूल र सहदेव जन्माइएको प्रसंग महाभारतमा उल्लेख छ ।
कुन्ती र माद्रीका बीच दुई पत्नी भएर पनि पाण्डुलाई चयन भएन । जे होला त भन्दै पछि माद्रीसँग सहबास गर्दा पाण्डु बिते, माद्री सती गइन्, कुन्तीले पुत्रहरुको हेरचाह गरिन् दुखको घडी कस्तो होला ।
कुन्तीपुत्र अर्जूनले एक विराङ्गनालाई जितेर ल्याए, आमाको वचन, जे ल्याएको भए पनि बाँड्नु है भन्नाले जितेर ल्याइएकी द्रौपदी पाण्डवकी साझा पत्नी बन्न पुगिन् ।
वीर पाँच भाई पतिहरु हुँदा पनि दुशासनले ४ दिनको रजस्वलाकी द्रौपदीको लाज तानिरहँदा उनीहरु उँधो मुन्टो झुकाएर बस्नु परेको थियो । धन्न श्रीकृष्णले लाज बचाइदिए । राधाले बाल्य जीवन पूरै श्रीकृष्णलाई सुम्पिइिन् तर विहे उनीसँग हुन पाएन ।
रुक्मीकी बहिनी रुक्मिणी राज खान्दानकी थिइन् । श्रीकृष्णसँग प्रेम परेको थियो । मन्दिर जाने निहँुमा भागेर श्रीकृष्णसँग भागी विहे गरेको तर असल पत्नी बन्न सकेको अवस्था भएन । पटक पटक हैरानी सहनु परेको हो ।
एकपल्ट त कृष्णले भनेका थिए, छोराहरु भइसकेपछि पनि कि धनी र वीर राजकुमारहरुले विहे गर्न खोजेका थिए । उतै जाने हो त अब ? यस्तो सुन्दा रुक्मिणी ढलेकी थिइन् र अचेत भएकी थिइन् । चित्राङ्गद र विचित्रवीर्यको देहान्त हुँदा वंश नाश हुने भयो भन्दै सत्यवतीले छोरा व्यासलाई बोलाई बुहारीहरु अम्बा, अम्बालिकाबाट धृतराष्ट्र र पाण्डु जनमाइएका र अर्की दासी गर्भबाट विदुर जन्माउनु परेको थियो ।
जन्मान्ध धृतराष्ट्रको विहे गान्धारीसँग भएपछि पतिप्रेमका कारण जीवनभरि गान्धारी अन्धी भइन्, आँखामा पट्टी राखेर । जनकले वीरसँग छोरीको विहे गर्ने प्रतिज्ञाले रामसँगको धनुर्यज्ञबाट भएको विहे पश्चात्को सीताका जीवन दुखैदुखले भरिएको छ, कतिपल्ट चरित्रको परीक्षा गर्नु परेको थियो ।
गौतमपत्नी अहिल्या राम्री देखेर छद्म भेषमा इन्द्र आएर अहिल्या गमन गर्दा गौतमका श्रापले अहिल्या ढुंगा हुनु परेको र युग बितेपछि श्रीरामले पादश्पर्श गरेपछि साविककै भएर गौतमसँग भेट भएको, तीजमा पूजा गरिने कश्यप अदि सप्तर्षिहरुकी साझा पत्नी अरुन्धती हुनु परेको जसका पति ७ वटा थिए ।
उग्रसेन राजा काममा व्यस्त भएकोे मौका पारी एकान्तमा छद्मभेषले दु्रमिल राक्षसले सहबास गर्दा त्रेताको कुलंघार कंस जन्मिएको, असमयमा जवरजस्ती गर्भाधान हुनाले कश्यप पत्नी दितीबाट दानव भनौँ असुरहरुको जन्म हुँदा संसारलाई दग्ध गरेको ।
नारद जस्ता ब्रह्मचारी युवतीको प्रेममा पर्दा ती युवती स्वयम् लक्ष्मी परेकी र लक्ष्मीले विष्णुलाई माला लगाइदिँदा आपूmलाई झुक्याएको भन्दा देवताले पनि मान्छे हुनु परोस् भन्ने श्रापले श्री विष्णुले मानिसको रुपमा राम अवतार लिनु परेको र पत्नी वियोग सहनु परेको, गुरु वृहस्पति पत्नी तारालाई यजमान इन्द्रले झुक्याएर सहवास गरिदिँदा पुत्रको जन्म भएको नाम रहेको बुध र यो कसको गर्भ भनेर सोद्धा भूइँमा गोडाको औँला कोट्याउँदै गर्भ त इन्द्रकै हो भनेको ।
समुन्द्र मन्थनमा विष्णुले मोहिनी रुप लिएको हेर्न इच्छा हुँदा श्रीशिवको विर्यबाट संसारलाई तमाम धातु पदार्थहरुको खानी तयार भएको । रावण पत्नी मन्दोदरीको पतिसँगको ठाकठूक पर्दा खानु नहुने बस्तु खाइदिँदा गर्भ रहेको जनकपुरमा ल्याएर फाल्नु परेको थियो ।
रावणले साधुहरुलाई हत्या गरेको, तिनको रगत घरमा लगेर राखेको । पत्नीले त्यो के हो नि भनी सोद्धा त्यो त विष हो, खाए त मरिन्छ भनेको, मर्छु भनी त्यो विष भनेर खाँदा उच्च कोटीको रक्तवीर्य भई गर्भ रहन जाँदा वाकसमा हाली त्यो गर्भ जनकपुरमा फालेपछि जनकले हलो जोत्दा सीतालई भेटेर लालन पालन गरेको धेरै प्रसंगहरु आध्यात्मिक साधनाको यात्रामा भेटिने गर्छन् ।
बालक साट्ने प्रथाको कुरा गर्दा देवकीको सातौँ गर्भश्राव भयो भन्दै वासुदेवकी अर्की पत्नी रोहिणीमा सारेर बलरामको जन्म भएको । गोकुलमा यशोदाको गर्भबाट जन्मेकी बालिका साटेर कृष्णको कंश कारागारमा सट्टा भर्ना गरेको । कृष्णलाई यशोदाको सूतिका गृहमा पुर्याइएको अनेकानेक प्रसंगहरु छन् ।
निचोडमा के हो भने भागी विहे सबै ठीक हुन्छ भन्ने होइन । मागी विहे पनि सबै ठीक हुन्छ भन्ने होइन । जीवनको स्थायित्व, असल दाम्पत्य जीवनमा हिजोआजको सामाजिक सञ्जाल टिक्टकले के गरेको छ । यसको खोजीको विषय पनि होइन ।
यति हो कि शास्त्रले नछुने भएको चोख्याउन ऋषिपञ्चमीको व्रत, पूजा, पारायण गर्नु पर्छ भनेको छ । तर राम्रो पति पाउँ भन्दै श्रावणभरि व्रत बस्ने, भाद्रमा श्रीकृष्णको खुब सेवा गर्ने कृष्णष्मी भन्दै, असौज लागेपछि दशैं दुर्गा कालरात्रीको रुप लिने प्रणाली चाहिँ मानव जीवनमा सुहाउँदैन ।
भगवानका पालामा थियो होला, अब समाजमा धर्तीको प्रतिक स्त्री र आकाशको प्रतीक पुरुष नै हो । सदाचर र निश्चित नियम कानुनमा बसेर प्रेमको दुरी कायम गर्नु बेस हुन्छ । प्रेम धेरैतिर भए पनि असल र दम्पति प्रेम धेरैसँग राम्रो हुन्न । विवाहअघि नै पराशर गुरुले मत्स्यगन्धाबाट व्यास जन्माएजति कलियुगमा सम्भव पनि छैन ।
यति हो कि रजस्वलाको चार दिनसम्मको गर्भ राम्रो हुन्न । त्यपछिको १६ रात्री सम्मको जोर रात्रीको गर्भले पुत्रको जन्म हुने र बिजोर रात्रीको गर्भाधानले पुत्रीको जन्म हुने गरुड पुराणमा उल्लेछ छ । रज र वीर्यको संगम नै एक पिण्ड हो त्यो पहिलो रात्रीमा एक थोपा पानीको दशांसको एक भागको रुपमा स्त्रीयोनीबाट गर्भमा प्रवेश हुने हो ।
५ दिनमा एकथोपा पानीको आकार लिने । १० दिनमा बयरको गेडाको आकार, एक मासका पिण्डाकार शिर बन्ने । २ महिनामा हात, पाउ बन्ने, ३ महिनामा स्त्री, पुरुष आकार छुट्टीने । ६ महिनामा आमाको दायाँ पेटमा खेल्न थाल्ने । ९ मास पूर्णले सूतिका वायुले दवाव दिएर बच्चा जन्मने हुन्छ ।
आमाले खाइएका पिरो, अमिलो कटु खानाले बाल बालिकाको पीडा असह्य हुन्छ भनिएको छ शास्त्रमा । असल सन्तान पाउन ईश्वर कृपा चाहिन्छ पनि भनिएको छ र पनि आद्य गुरु शाकराचार्यले भनेका छन् ।
कुपुत्रो जायेत क्वचिदपि कु माता नभवति । अर्थात् आफ्ना सन्तान जस्तो भए पनि आमाका लागि प्यारो नै हुन्छन् बरु सन्तति खराव हुन सक्छन्, आमा खराव हुन्नन्, तर यो युगमा यस्तो नदेखिएको उदाहरण पनि छ ।