• भाद्र २४ २०८१, सोमबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

भाद्र ६ २०७९, सोमबार

काठमाडौं  ।    प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनको बैठक बसेको हो ।

चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।