काठमाडौं । आईपीओ भर्दा अब सि-आश्वा शुल्कबापत ५ रुपैयाँमात्रै तिर्नु पर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्दा अधिकतम् १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यद्यपि केही बैंकहरुले भने निःशुल्क सेवा दिँदै आएका थिए
बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कबाट १ रुपैयाँ सीडीएसी, १ प्रबन्धक कम्पनीलाई जान्छ भने बाँकी रकम बैंक आफैँले राख्छ ।