• असार २५ २०८१, सोमबार

दुलाहा बिना नै कन्यादान दिने चलन चल्यो, केटीले आफै केटा रोज्ने बाटो खुल्यो

भाद्र ६ २०७९, सोमबार

घोराही ६, भदौ । ‘गून्यो चोलो कार्यक्रम’ भनेर आइतबार अम्विकेश्वरी मन्दिरमा ई. ऋषिराम शर्माको परिवारले भोजको आयोजना गर्यो । शर्माकी नातिनी सान्भीको कन्यादान पछिको खुसियाली थियो त्यो भोज ।

अतिथिहरुले पुष्पगुच्छा र दक्षिणा सहित आशिर्वाद दिए । विवाह पछिको भोज भतेरको जस्तै समारोह थियो । तर सुन्दर सोफामा भने आठ वर्ष ६ महिना पुगेकी सान्भी मात्रै हुनुहुन्थ्यो । उहाँलाई भाई गोत्यार र आफन्तले गोडा धोए । जल पिए । विधिवत कन्यादान गरिदिए ।

अघिल्लो दिन कन्यादान दिएका घर परिवारले आफन्त बोलाई खुशी मनाए । ‘रजश्वला नहुँदै कन्यादान दिने चलन थियो’, घोराही १४ निवासी शर्माले भन्नुभयो, ‘अबको जमानामा त्यो गर्न मिल्दैन । अहिल्यै कन्यादान दिइम् । भोलीका दिनमा जेसुकै गरुन् ।’

पिता ई. शुसिल र माता शुसिलासँगै अमेरिका बस्छिन् । उतै लभ पारेर विवाह गरेपनि अब बाटो खुल्यो । यो संस्कार पुरानो भएपनि बिचमा लोप भएको ब्राहमण समाजका केन्द्रीय उपाध्यक्ष जयानन्द शर्माको भनाई छ । उहाँका अनुसार शुरुमा महिनावारी नहुँदैकी चेली दुलाह सहित कन्यादान दिइन्थ्यो ।

विवाहको उमेर हद सहित ऐन कानुन बनेपछि त्यो रोकियो । अब फेरि  दुलाहा  बिना नै कन्यादान दिने चलन शुरु भएको उपाध्यक्ष शर्माको भनाई छ ।