काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पेटभित्र राखिएको एक केजी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतीय नागरिक राहादानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो।
त्यसछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो।