काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाल बजारमा शुक्रबारकै दररेटमा कारोबार भइरहेको छ । साथै चाँदीमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ।