• फाल्गुन २६ २०८२, मंगलवार

आफ्ना सेनालाई युक्रेनले खानामा विषादी मिसाइदिएको रूसको आरोप

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुस नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ ।

युक्रेनको गृह मन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्त भएको हुन सक्ने जनाएको छ । रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।

‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

विषाक्त खानेकुराबाट कतिजना सेवाकर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन् । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन् ।