• मंसिर १२ २०८१, बुधबार

पार्टीमा अहिले लड्नका लागि भन्दा पद र प्रतिष्ठाका लागि प्रतिस्पर्धा हुनथाल्यो : दाहाल

भाद्र ३ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पद र प्रतिष्ठाका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् । शुक्रबार भ्रातृ संगठन वाईसीएलको राष्ट्रिय भेलामा बोल्दै उनले संघर्षका लागि तयार नहुने अवस्था आएको बताए ।

‘अहिले यो पद किन नपाउने भनेर पद, प्रतिष्ठा, सुविधाको लागि प्रतिस्पर्धा हुन्छ,’ प्रचण्डले भने, “संघर्षका निम्ति कम प्रतिस्पर्धा हुन्छ ।” पहिले आन्दोलनको अग्रमोर्चामा जान प्रतिस्पर्धा हुने गरेको उनले समरण गरे ।

“आन्दोलनको समयमा हाम्रो बीचमा प्रतिस्पर्धा हुन्थ्यो, लडाइँको अग्रमोर्चामा जानका निम्ति । निश्चित मोर्चामा जानका निम्ति युवाहरूको संख्या निर्धारण गथ्र्यौैँ,” उनले भने, “तर, हाम्रो युवाहरू वाईसीएल, अरु जनसंगठनका तमाम क्रान्तिकारी साथीहरू आफू मोर्चामा जान नपाएकामा असन्तुष्टि जाहेर गर्ने, म नि जान पाउनैपर्छ भनेर घेरा हाल्ने स्थिति थियो । दबाब दिने र म मर्न पनि जान नपाउने भन्ने ।”

प्रचण्डले पार्टीभित्र देखिएका विचलनका संकेतहरू सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।