• असार २५ २०८१, सोमबार

शहरी विकास मन्त्री चौधरीले दाङमा गएर खुमबहादुर खड्कालाई किन सम्झिए ?

भाद्र २ २०७९, बिहीबार

घोराही २ भदौ । ‘कुनै प्रोजेक्ट शुरु गर्नुछ भने पाउँ, जसले परिवर्तन देखावस्’ शहरी विकास मन्त्री मेटमणि चौधरीले पत्रकारहरुसँग प्रस्ताव गर्नुभयो । विज्ञ समूह, विश्वविद्यालयका विद्यार्थीसँग यसरी नै सुझाव लिँदै आएको र त्यसैको निरन्तरतामा भेट्न चाहेको उहाँको भनाइ थियो ।

केवलकार बनाउन श्रीनारायण चोकदेखि ५५ किलोमिटर टाढा अवस्थित स्वर्गद्धारी पुग्ने सबैभन्दा छोटो दुरी छ । ‘डिपीआरको पैसा हामीले छुटाउँछौं । निर्माण कार्य ग्लोबल आईएमई ग्रुपका चन्द्र ढकालको टिमले गर्ने भएको छ । काम गर्ने वचनवद्धता भएको छ । तुलसीपुरमा एरपोर्ट नेपालगञ्जले कुनै हालतमा हुन्न भन्छ । यहाँको प्रमुखले कुनै हालतमा हुन्छ भन्छ । यसलाई भेरिफाइ गर्नुछ । हुन्छ भने सात आठ सय मिटर बढाउने हो ।’

उहाँले टरीगाउँ विमानस्थललाई २२ करोड बजेट सुनिश्चत गरेको जानकारी पनि दिनुभयो । सबैभन्दा ठूलो प्रोजेक्ट राप्ती करिडोर हो ।’

उहाँका अनुसार डिपीआरको लागि आवश्यक बजेट व्यवस्था सरकारले गर्छ । बाँकी लगानी एसियाली विकास बैंकको हुनेछ । भालुबाङदेखि बाँकेसम्म करिब ८७ किलोमिटर दुवै किनारामा करिडोर निर्माण हुन्छ । कालोपत्रे गरिन्छ । हजारौं विघाह जग्गा आउँछ । ठाउँ–ठाउँमा पार्क बनाइन्छ । यसले देउखुरीमा समृद्धि ल्याउँछ र जनजीवन बदलिदिन्छ । यसको लागि दश–पन्ध्र दिनमै सम्झौता गर्ने गरी तयारी भएको छ । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्तिको फाईल आगामी मन्त्री परिषदको बैठकमा पेश हुन्छ । पास पनि हुन्छ ।

‘यस क्षेत्रमा खुमबहादुर खड्का जन्मिनु भयो तर उहाँ जागीरमा सिमित हुनुभयो’ मन्त्री चौधरीको भनाई थियो, । उहाँले थप्नु भयो,‘लङ विकासमा उहाँ लाग्नु भएन ।’

त्यसैले स्वभाविक प्रकृयागत आउँदैन कसै न कसैको पहलबाट बजेट र विकास आउँछ ।’ उहाँका अनुसार मसोटखोलादेखि बबई सम्मको सुरुङ मार्ग १२ किलोमिटर डिपीआर भइसक्यो । त्यो भन्दा उता लमही १२ किलोमिटर पनि फोर लेनको हुन्छ । बबई तुलसीपुर सडकको काम सकिएपछि उताको गर्ने हो । घोराही तुलसीपुर सडकमा चुनाव अघि व्यालेन्स गर्ने ठेकेदारसँग सहमति भएको छ । त्यति भयो भने दुर्घटना हुन पाउँदैन । ‘गरेनस् भने के के हुन्छ सोंचिराख भनेर बेस्सरी भनेको छु ।’

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुदिप गौतमले घुमाउरो पाराले प्रणालीको विरोध गर्दै भनाई शुरु गर्नुभयो । ‘यति पैसाले ठूलो जहाँज चल्छ कि चल्दैन ? सक्छौँ गराउँ, सक्दैनौँ नयाँ वातावरण बनाउँ । इन्जिनियरीङ कलेजको शुरुवात हुन सकेन । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा नीतिगत ल्याङल्याङ छ, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान गर्नलाई के पुगेको छैन । दाङमा विद्यार्थी पाउँदैन । यहाँ चल्दैन । काठमाडौं लैजाउँ भन्ने हल्ला छ ।’ उहाँको भनाई थियो ।

यसैगरी नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष नरेन्द्र केसीले पनि आफ्नै तरिकाले गुनासो राख्नु भयो, उहाँको भनाई थियो,‘पब्लिक गाडीमा घोराहीदेखि तुलसीपुर गर्न नसकिने भयो । सिमेन्ट उद्योगले पर्यावरण डरलाग्दो बनाएको छ । घोराही–होलेरी, घोराही–मुर्कटी बाटो साह्रै नाजुक छ । शहरीकरण तथा बजार व्यवस्थापन भँदै भएन । पिचबाट पानीले काट्छ । पोलमा तारका पोका छन् । नीतिगत सुधार गरौँ ।’

त्यस्तै अर्कावक्ता तथा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले दाङको पहिलो शहिद गुम्राह थारु सम्झिन सुझाव दिनुभयो ।