• मंसिर १२ २०८१, बुधबार

नवौं राष्ट्रिय खेलकुद: बास्केटबलको खेलाडीले भदौ ३ गतेसम्म नाम दर्ता गराउनुपर्ने

भाद्र १ २०७९, बुधबार

काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिले आसन्न नवौं राष्ट्रिय खेलकुदको लागि भदौ तीन गतेसम्म बास्केटबल खेलाडी दर्ता गराइसक्नु पर्ने बताएको छ ।

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक तीन गतेसम्म नवौं खेलकुद आयोजना हुँदैछ । जसका लागि ललितपुर जिल्लाको खेलाडी कोटा बमोजिम छनोट गर्नुपर्ने भएकाले भदौ तीन गतेसम्म खेलाडी दर्ता गराउन खेलकुद विकास समितिले विज्ञप्ति जारी गरेको छ ।