नयाँदिल्ली । भारतीय अर्बपति राकेश झुनझुनवालाको आइतबार निधन भएको छ । ६२ वर्षीय झुनझुनवालाको आइतबार ब्रिच क्यान्डी अस्पतालमा निधन भएको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो । पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए । उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो ।
सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए । उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ ।
झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।