• फाल्गुन २६ २०८२, मंगलवार

सलमान रुस्दीविरुद्ध सांघातिक आक्रमणपछि तसलिमाले गरिन् इस्लामको टिप्पणी

श्रावण २८ २०७९, शनिबार

काठमाडौं । लेखक सलमान रुस्दीविरुद्ध सांघातिक आक्रमण भएपछि बंगलादेशकी निर्वासित लेखिका तसलिमा नसरिनले टिप्पणी गरेकी छन् ।

उनले ट्विट गर्दै भनेकी छन्, ‘उनीविरुद्ध आक्रमण हुन्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण हुन सक्छ।’ तसलिमा नसरिन पनि सन् १९९४ मा आफ्नो किताबका कारण बंगलादेशबाट भागेर भारतमा शरण लिइन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘मैले थाहा पाएँ कि सलमान रुस्दीविरुद्ध न्युयोर्कमा हमला भएको छ। म स्तब्ध छु। यस्तो हुन्छ होला भनेर सोचेको पनि थिइनँ। उनी पश्चिममा बसिरहेका थिए र सन् १९८९ देखि सुरक्षामा थिए। उनलाई आक्रमण हुन सक्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण हुन सक्छ। म चिन्तित छु।’