• फाल्गुन २६ २०८२, मंगलवार

मेक्सिकोमा भएको हिंसामा पत्रकार सहित ८ जना मारिए

श्रावण २८ २०७९, शनिबार

मेक्सिको । अमेरिकासित जोडिएको मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएको हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो ।

पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।