• आश्विन १३ २०८१, आईतवार

मित्रताको पछाडि पनि स्वार्थ लुकेको हुन्छ

श्रावण २७ २०७९, शुक्रबार

१. कोही पनि व्यक्ति आवश्यकता भन्दा बढी इमानदार हुनु हुँदैन । वनमा रहेका सिधा रूख सबै काटिन्छन् । सिधा व्यक्तिले धेरै पीडा झेल्नुपर्छ ।

२. मानिस अत्यन्त बाङ्गो पनि हुनु हुँदैन । किनकि, वनमा रहेका बाङ्गा रूखहरू उपयोगमा आउँदैनन् । बाङ्गा मानिससँग कसैले पनि सहकार्य गर्न रूचाउँदैनन् ।

३. व्यक्तिले आफ्नो रहस्य वा गोप्य कुरा कसैलाई पनि भन्नु हुँदैन । यसो गरेमा उसको जीवन जुनसुकै बेला पनि बर्बाद हुन सक्छ ।

४. कसैको रहस्य अर्काले थाह पायो भने उसको विरूद्ध अस्त्रका रूपमा जुनसुकै बेला पनि प्रयोग गर्न सक्छ ।

५. निकै कठिनाइ बेहोरेर, धर्म इमान त्यागेर वा अर्कालाई दु:ख दिएर प्राप्त हुन आउने धनसम्पत्ति कहिल्यै पनि स्वीकार गर्नु हुँदैन ।

६. जीवनमा प्राप्त हुने हरेक कुराको पछाडि केही कारण लुकेको हुन्छ । त्यसै गरी मित्रताको पछाडि पनि केही स्वार्थ लुकेको हुन्छ । अधिकांश मित्रता स्वार्थपूर्तिका लागि गरिन्छ । यो कुरा अपत्यारिलो भए पनि सत्य चाहिँ हो ।

७. आफ्नो बच्चालाई ६ वर्षको उमेरसम्म निकै लाडप्यारमा स्याहार गर्नुपर्छ । तर उसको उमेर १६ वर्ष पुगेपछि ऊसँग साथित्वको व्यवहार गर्नुपर्छ ।

८. लोभीहरूलाई धन दिएर, पटमूर्खलाई उही झैं भएर, ठूलो घमण्डीलाई हात जोडेर अनि सज्जनलाई सही कुरा बोलेर व्यवहार गर्नुपर्छ ।

(मनुस्मृतिबाट)