• फाल्गुन २६ २०८२, मंगलवार

चार हजार भन्दा बढी ट्रकबाट खाद्यान्न इथियोपिया पुर्याइयो

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं । इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका छन् ।

गएको अप्रिलदेखि यता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ ।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयले बुधबार सो कुराको जानकारी दिएको हो ।

इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्ष यतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ ।

द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ । यसका कारण यहाँका नागरिकलाई औषधि, पानी मात्र नभएर खाद्यान्नकै समस्या पर्ने गरेको सो निकायले जनाएको छ ।

साथै अहिले पनि सो क्षेत्रमा मानवीय सहायताको आपूर्तिको व्यवस्था भइरहेको भन्दै उक्त एजेन्सीले आवश्यक सहयोगको लागि आग्रह पनि गरेको छ ।

सो एजेन्सीको सहयोगमा ६० वटा ट्रकमा सहयाता सामग्री पठाइएको पनि एजेन्सीले जनाएको छ । उक्त टिगरे क्षेत्रका विद्रोहीहरुले सुरुमा विदेशी सहायता एजेन्सीहरुलाई राहत प्रदान गर्न जान पनि दिएका थिएनन् ।

अहिले संयुक्त राष्टसंघको आह्वानमा सहायता पुर्याउने गरिएको सो एजेन्सीले जनाएको छ ।