काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले नेपाल क्यान्सर हस्पिटल ललितपुरले उपचार गरिरहेको कमजोर आर्थिक स्थिति भएका क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गरिदिएको छ ।
इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२,५०,०००।–(अक्षेरुपी दुई लाख पचास हजार) नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको हो । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा.बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा बोल्दै रेग्मीले अस्पतालबाट आर्थिक रुपले विपन्न नेपालीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।