• आश्विन १३ २०८१, आईतवार

यी हुन् गौतम बुद्धका १५ महावाणी

श्रावण २६ २०७९, बिहीबार

१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छौ भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

७. एक जग पानी थोपा(थोपा मिलेर भरिन्छ ।

८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालो हुन्छ ।

९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।