काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आफूले गरेको ताइवान भ्रमणपछि चीनले दिएको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने बताएकी छिन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो ।
चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।
चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । चिनियाँ विमान र जहाज आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । उसको सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।
चीनले आफ्नो स्वसासित क्षेत्र ताइवान गएर पलोसीले आफ्ना विरुद्ध षडयन्त्र गरेको आरोप लगाएको छ । चीनलाई घेराबन्दी गर्ने र सिध्याउने अमेरिकी योजना अन्तरगत अमेरिकाले ताइवानलाई प्रयोग गरेको चीनको आरोप छ ।
यदि अमेरिकाले यस्तो गरेमा उसलाई खरानी बनाइदिने चेतावनी चीनका राष्ट्रपति सी जिनपिङले दिएका छन् ।