• आश्विन १३ २०८१, आईतवार

इन्टरनेट चलाइरहने लतले कस्तो असर पार्छ ? यी हुन् लत छुटाउने केही उपायहरु

श्रावण २४ २०७९, मंगलवार

विज्ञान र प्रविधिको युगमा इमेल, इन्टरनेट, मोबाइल, कम्युटर लगायतका अन्य सामाग्री चलाउनु सामान्य र अनिवार्य जस्तै भइसकेको छ । यसबाट चटक्कै टाढा हुन त सकिँदैन । तर, यसलाई कम गर्न सकिन्छ । त्यसका लागि यी हुन् उपायहरु :

१. अधिकांश समय मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्न मन लाग्ने ।

२. गेम खेल्न वा सामाजिक सञ्जाल चलाउन आफूलाई रोक्न नसक्ने ।

३. कुनै पनि सामाजिक सञ्जालमा तपाईँले राखेका सामाग्रीमा लाइक वा कमेन्ट कति आयो भनेर त्यसले तपाईँको भावनामा असर पुर्‍याइरहने ।

४. राति सुत्नेबेलामा नसुतेर घण्टौ‌सम्म सामाजिक सञ्जालमा भुलिरहने ।

जोगिनेरजोगाउने उपाय

१. सबैभन्दा पहिला यसको अधिक प्रयोगले आफूलाई कुलतमा फसाउन सक्छ भनेर आफू र आफ्नालाई यसको प्रयोगमा नियन्त्रण गर्ने ।

२. आफू कुनै किसिमको इन्टरनेट कुलतमा फसेको हेक्का हुनसक्यो भने धेरै चलाउन मनलाग्ने एपहरू हटाउने ।

३. बच्चाले तपाईँको मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्छ भने त्यसबाट गेमहरू हटाइदिने ।

४. घरमा चाहिने जतिमात्रै ग्याजेट राख्ने र खासगरी बच्चाहरूलाई त्यसको प्रयोगमा निरुत्साहित गर्ने ।

५. बालबालिका वा किशोरकिशोरीले प्रयोग गरी मान्दै नमाने उनीहरूलाई दबाब दिएर भए पनि चलाउन नदिने ।

५. विद्यालयले इन्टरनेटमा मात्र खोजेर पढ्ने कुरालाई निरुत्साहित गर्ने ।