• मंसिर ११ २०८१, मंगलवार

राप्ति समाजको आयोजनामा दक्षिण कोरियामा प्रदर्शन भयो ‘कबड्डी ४’

श्रावण २३ २०७९, सोमबार

काठमाडौं । पछिल्लो समयमा निकै चर्चामा रहेको चलचित्र ‘कबड्डी–४’ दक्षिण कोरियामा प्रदर्शन भएको छ ।

सो चलचित्रकी नायीका मिरुना मगरले आफूलाई एकजना बौद्ध भिक्षुले सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको भन्दै भिक्षुलाई झापड हानेपछि सो चलचित्र विवादमा आएको थियो ।

दयाहाङ राईद्वारा निर्माण गरेको सो चलचित्र भर्खर मात्रै दक्षिण कोरियाको सुवन शहरको एक हलमा प्रदर्शन गरिएको हो ।

राप्ति समाज द.कोरियाको आयोजनामा सो चलचित्र प्रदर्शन गरिएको हो । द. कोरियामा रहेर श्रम गरिरहेका नेपालीका लागि स्थापना गरिएको आपतकालीन राहत कोषलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले ‘कबड्डी ४’ को प्रदर्शन गरिएको सो समाजले जनाएको छ ।

चलचित्र हाउसफूलकासाथ प्रदर्शन भएको पनि समाजले जनाएको छ । समाजले कामको व्यस्तताका बीचमा पनि हलमा आएर चलचित्र हेरेर आर्थिक तथा नैतिक सहयोग गर्ने सबै प्रवासी नेपालीलाई समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

साथै सो समाजका सचिव वायु पौडेल अलमोलले सामाजिक सञ्जालमा आफ्नो संगठनको यो कार्यक्रममा साथ दिने जिएमई रेमिट्यान्स, टिकेट स्पोन्सर, व्यानर स्पोन्सर लगायतमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।