• मंसिर १३ २०८१, बिहीबार

पत्थरचट्टाले तपाईंको शरीरका धेरै रोगहरु निको पार्नसक्छ

श्रावण २३ २०७९, सोमबार

हामीले गमलामा विभिन्न विरुवाहरु लगाउने गर्दछौं । कतिपयले घरको सुन्दरताकालागि गमलामा विरुवाहरु लगाउन गर्दछौं भने कतिपय गमलामा विरुवाहरु लगाउने गरेपनि त्यो लगाइएको विरुवा औषधि पनि हुनसक्छ भन्ने हामीलाई हेक्का नहुनसक्छ । तर हामीले गमलामा लगाएका कतिपय विरुवाहरु औषधीय गुण हुने गर्छन । तस्विरमा देखिएको विरुवा जोकोहीको घर आँगनमा भएको हुनसक्छ ।

कतिपयले यसलाई सुन्दरताका लागि घरको गमलामा लगाएका पनि छौं होला तर यो विरुवाको निकै धेरै औषधीय गुणहरु छन् । एउटा यस्तो पात जसलाई चपाएपछि १० मिनेटमा नै तपाईंको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ । र रोगको यो समस्या पनि टाढा हुनेछ ।

यो विरुवालाई सामान्य भाषामा पत्थरचट्टाको विरुवा भन्निछ । तर यसका धेरै नाम छन् । आयुर्वेदमा पत्थरचट्टालाई भष्मपथरी, पाषणभेद र पणपुट्टीको नामले पनि चिनिने गरिन्छ । भने मेडिकल साइन्समा पनि यसको नाम छ ।

यो विरुवा मानिसको स्वास्थ्यको लागि अधिक लाभकारी छ । यसले ग्यासको समस्यालाई जरैदेखि निमूर्ल पार्दछ । यस विरुवालाई तपाईंले आफ्नो घरको गमलामा पनि लाउन सकिन्छ । र यसको सेवन पनि गर्नसकिन्छ ।

यदि जो कोहीलाई पनि ग्यासको समस्या छ भने बिहानको समयमा यसको एउटा पातलाई चपाउन सकिन्छ । यसो गर्दा ग्यासको समस्या हुनेछैन । यदि कसैको पेटमा ग्यास समस्या कहिल्यै हटेकै छैन भने पनि यो खाएपछि तुरुन्त ग्यासको समस्या हट्नेछ ।

त्यसैले तस्विरमा देखिएको औषधिमय विरुवालाई आफ्नो घरको गमलामा लगाई आवश्यक परेको बेला प्रयोग गर्न पनि सक्छौं । विशेष गरी पेटमा हुने ग्यास जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।