• आश्विन १३ २०८१, आईतवार

खुसी रहन चाहनुहुन्छ ? उसो भए यी कुरा कहिल्यै नभुल्नुस्

श्रावण २३ २०७९, सोमबार

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न व्यक्ति शारिरीकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने केही सम्पूर्ण भनाईहरु छन् । जसलाई आफ्नो जीवनमा लागु गर्नसकियो भने केही हदसम्म जीवन खुशी र सुखी हुनसक्दछ ।

हसाउँने कुराहरु हेर्नुस् :

हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सकेसम्म उजागर गर्नुस् ।  तपाईंलाई हँसाउने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एकपटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

बाहिर निस्कनुस् :

तपाईं गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा ? त्यसले खास फरक पार्दैन ।  तपाईं बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवनमा ऊर्जा दिन्छ । यदि नजिकै बगैचा छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्कँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाइने भिटामिन डीले निरासा र दिक्कपनबाट मुक्ति दिन्छ ।

नियमित व्यायाम गर्नुस् :

विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले  तपाईंको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन व्यायामको लागि समय निकाल्नुस् ।

शरीरमा मालिस गर्नुस् :

समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टिले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

सकारात्मक सोंच :

सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाईं खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकूल परिस्थितिमा पनि सुखी राख्छ । खुशी त्यतिकै आउँदैन खुशी आउनका लागि मनदेखि नै खुशी हुनुपर्छ जसका लागि केही टिप्सहरु छन् यी टिप्सहरुमा ध्यान दिएर आफ्नो व्यवहारमा उतार्न सक्यो भने पनि आफू लगायत आफ्नो नजिकको प्यारो मान्छे आफ्ना घर परिवार मित्रजनहरुलाई खुशी पार्न सकिन्छ । भनिन्छ ‘आफू भलो त जगत् भलो’ ।

जस्तै कसरी खुसी राख्ने प्रेमिकालाई-प्रेम सम्बन्धलाई सुमधुर राख्न अरु केही सूत्र जान्नुपर्छ । केटीसाथीको कति अव्यक्त चाहनाहरु हुन्छन्, जो केटासाथीले बुझ्नुपर्छ । अक्सर केटीहरु चाहन्छन् आफ्नो आफ्नो रेखदेख गरोस् र हरेक कुरा आफूलाई पनि साझा गरोस् ।

स्वभाविक रुपमा केटासाथीले आफ्ना केटासाथीप्रति अपेक्षा राख्छन् । उनीहरु चाहन्छन्, आफ्नो केटासाथी समझदार होस् र स्मार्ट होस् । फेसनेवल होस् । रोमान्टिक होस् । व्यवहारिक होस् । तर, यति मात्र काफी छ त ? यदि उनीहरुको मनोविज्ञान बुझेर त्यही अनुसार आफूलाई पेश गर्न सकियो भने प्रेम जीवन सुमधुर, कसिलो र रसिलो पनि हुन सक्छ ।

यसका लागि केटासाथीसित केही तारिकाहरु भने हुनैपर्छ । जस्तो : साथ दिनुपर्छ,
जब कुनै युवती प्रेममा पग्लन थाल्छे । उनीहरुलाई केटासाथीको साथ चाहिन्छ । उनीहरु केटासाथीको सामिप्यता चाहन्छन् । यस्तो अवस्थामा उनीहरुको चाहनालाई उपेक्षा गर्नु हुँदैन । केटीसाथीसँग समय बिताउने प्रयास गर्नुपर्छ । हरेक दिन भेट्न संभव नभएपनि उनीहरुको सम्पर्कमा रहनुपर्छ । केटीसाथीमा यस्तो महशुस हुनुपर्छ कि, मेरो केटासाथी सधै मेरो साथमा छ । यसले उनीहरुमा प्रेम र सुरक्षाको भाव जगाउँछ ।

हरेक पल साझेदार गरौं-

अक्सर युवतीहरु आफ्नो केटासाथीले खुलेर मनको कुरा गरेको रुचाउँछन् । उनीहरुको चाहना पनि यही हुन्छ । सुखमा होस् वा दुःखमा, खुसीमा होस् वा पीडामा केटीसाथीसँग आफ्नो मनोभाव पोख्नुपर्छ ।

युवतीको विश्वास जित्ने राम्रो काइदा हो यो । हरेक पल उनीहरुसँग साझेदार
गर्नुपर्छ । संभव भए घुम्ने, फिल्म हेर्ने, सपिङ गर्ने, रेष्टुरेन्ट जाने काम गर्नुपर्छ । यदि सो संभव नभए पनि आफ्नो बारेमा अपडेट गराउनुपर्छ ।
यसले तपाईं कति जिम्मेवार र विश्वासिलो हुनुहुन्छ भन्ने कुरा केटीसाथीले अनुभूत गर्छिन् ।

प्रेम व्यक्त गरौं-

प्रेम अनुभूत गर्ने कुरा हो । यद्यपी मानवीय स्वभाव के हुन्छ भने, यस्ता कुरा खुलेर व्यक्त गरोस् । खासगरी प्रेमको सवालमा यो कुराले अहम् भूमिका राख्छ । युवती वा युवा जो कोहीले आफूप्रति प्रेम व्यक्त गरोस् भन्ने अपेक्षा राख्छ । केटीसाथथीलाई कति माया गरिन्छ वा विश्वास गरिन्छ, सो कुरा व्यक्त गर्नुपर्छ ।

केटीसाथीलाई माया दर्शाउन उपहार नै दिनुपर्छ भन्ने छैन, केवल शब्दद्वारा मात्रै पनि माया व्यक्त गर्न सकिन्छ । केटीसाथीको जन्मदिनमा शुभकामना दिनुहोस् । उनको सफलतामा खुसी हुनुहोस् । जसरी हुन्छ, केटीसाथीलाई आफूले भरपुर माया दिएको अनुभूत गराउनुहोस् ।

फिल्म हेराउने-

केटीसाथीसँग फिल्म हेर्ने अवसर सधै जुर्दैन । र विवाहपछि त यो संभव पनि हुँदैन । त्यसैले प्रेम सम्बन्ध रहेकै बेला यस्तो अनुभूति पनि संगाल्न सकिन्छ । केटीसाथीसँग कुनै रोमान्टिक फिल्म हेर्न सकिन्छ । यद्यपी कुन फिल्म हेर्ने, कुन हलमा जाने भन्ने कुरामा आफ्नो
निणर्य लाद्नु हुँदैन । केटीसाथीलाई यसमा प्राथमिकता दिनुपर्छ ।

निक नेम राख्ने-

आफ्नी केटीसाथीलाई सम्बोधन गर्नका लागि कुनै निक नेम राख्नुपर्दछ । यसले तपाईंहरुको प्रेम सम्बन्ध थप प्रगाढ हुन्छ । मायालु नामले केटीसाथीलाई सम्बोधन गर्नुपर्छ । केटीसाथीलाई भावनात्मक रुपले पगाल्नका लागि यो राम्रो सूत्र हो ।

उपहार दिने-

प्रेम सम्बन्धलाई जोड्ने अर्को माध्यम हो, उपहार । उपहार गतिलो वा महंगो हुनुपर्छ भन्ने छैन । यद्यपी अर्थपूणर् भने हुनुपर्छ । यसले उपहार छनौटमा तपाईं कति बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा पनि देखाउँछ
। अक्सर उपहार छनौट गर्दा केटीसाथीको रुची र सौखलाई ध्यान दिनुपर्छ । उनलाई कस्तो रंग मनपर्छ भन्ने कुरामा समेत ध्यान दिन सकिन्छ ।

प्रशंसा गरौं-

प्रचलित भनाई नै छ, केटीहरु प्रशंसाको भोका हुन्छन् । केटीसाथीलाई प्रशंसा गर्नुपर्छ तर, त्यो स्वभाविक हुनुपर्छ । यदि केटीसाथीलाई कुनै पहिरनले सुहाएको छ भने, कुनै गरगहनाले राम्री
देखिएको छ भने प्रशंसा गर्न कञ्जुस्याँइ गर्न हुन्न । तर, अस्वभाविक वा बनावटी प्रशंसा नगर्नुहोस् । त्यसले तपाईंको प्रवृत्तिमाथि नै शंका पैदा गर्न सक्छ ।

माथि भनिएका खुशी पार्ने टिप्सहरु आफ्नो जीवनमा आफ्नो व्यवहारमा लागु गर्न सक्यो भने पनि केही हदसम्म आफू लगायत आफ्ना प्यारा मान्छेहरु सधैं जीवनमा सुखी खुशी भएर बाच्न सक्ने वातावरण बन्न सक्छ ।