• आश्विन १३ २०८१, आईतवार

मोवाइल प्रयोगले निम्त्याउने खतराबाट कसरी बच्ने ? यी हुन् १० उपाय

श्रावण २२ २०७९, आईतवार

एक अध्ययनका अनुसार विश्वका ८० प्रतिशत मानिसहरु मोबाइल प्रयोग गर्दै आएका छन् । यो संख्या अझै बढेर जानसक्ने बताइएको छ । यसको प्रयोगले मानिसहरु दिनानुदिन विभिन्न मानसिक रोगी बन्ने, चिन्ता, तनाव हुँदै जाँने अध्ययनले देखाएको छ ।

यद्यपि मोबाइल सूचना र प्रविधिको युगमा अनिवार्य जस्तै भएको छ । यसको प्रयोगबिना मानिसहरुले छिटोभन्दा छिटो खबर आदान-प्रदान गर्नबाट बञ्चित हुनेछन् । यसर्थ यो अनिवार्य भएको छ ।

यतिमात्रै होइन, मोबाइलबाट अनेकन् कुराहरु प्रत्यक्ष हेर्न, सुन्न र बोल्न सकिने आदि कारणले यसबाट टाढा रहन पनि मुस्किल छ । तर, प्रयोग कम गर्न विज्ञहरु सुझाव दिन्छन् । त्यस्तै यसको खतराबाट कसरी बच्ने ? यी हुन् केही उपायहरु :

१ं मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसोगर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउँदैन ।

२. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव २ मीटर पर राख्नुस् ।

३. मोबाइल पकेटमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस्, त्यसको एन्टिना तपाइदेखि पर होस् ।

४. गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्नसक्छ ।

५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभावभन्दा तीन गुणा बढी हुन्छ ।

७. पन्ध्र वर्षभन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ ।

८. अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

९. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

१०. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।