काठमाडौँ । केहि समयदेखि यता हिन्दु नेपाली समाजमा तीज पर्वलाई धार्मिक भन्दा बढी मनोरञ्जनात्मक पर्वको रुपमा मनाउने गर्न थालिएको छ ।
हालका दिनहरुमा असार सकिँदा नसकिँदै मनोरञ्जनको क्षेत्रमा लागेकाहरुलाई तीज पर्वको रौनकले तताइ हाल्छ । खासगरी महिलाहरुले व्रत बसेर मनाउने अनि नाचगान गरेर रमाउने तीज पर्वमा गीत संगीतको उच्च स्थान रहेको छ ।
तीज पर्वमा रहेको गीत संगीतको यही स्थानलाई बुझेर होला मनोरञ्जनको क्षेत्रमा लागेका सर्जकहरु तीज आउने समय हुनै लाग्दा आफ्ना रचनाहरु मार्फत् नेपाली समाजमा तीजका गीतहरु सार्वजनिक गरिरहेका हुन्छन् ।
यसवर्ष पनि तीज आउन करिव महिना दिन बाँकी हुँदा नै विभिन्न सर्जक, कलाकारहरुले तीज पर्वलाई लक्षित गरेर गीतहरु सार्वजनिक गरिरहेका छन् । यहि मेसोमा लोकगायक तथा सर्जक शक्ति चन्दले ‘रेली हो, जिन्दगी बाँचुञ्जेली हो’ बोलको गीत र त्यसको भिडियो बजारमा ल्याएका छन् ।
चर्चित गायक गायिकाद्वय शक्ति चन्द र रचना रिमालको सुमधुर आवाजमा रहेको सो गीतका शब्दलाई राजु सुनामले सिर्जना गरेका हुन् भने सुनामले नै गीतमा संगीत भरेका हुन् । गीतमा उनले नै संगीत संयोजन समेत गरेका छन् । गीतको भिडियोमा नारायणी खत्री र अल्फाज शाहले अभिनय गरेका छन् ।
गीतको भिडियोका दृश्यहरुलाई प्रकाश खड्काले क्यामरामा कैद गरेका छन् भने भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् । राजकुमार मगरले नै निर्देशन गरेको गीतको सो भिडियोलाई अमर सुनारले नृत्य निर्देशन गरेका छन् । राजकुमार फिल्म्सले पोष्ट प्रोडक्शन गरेको सो गीतको भिडियोलाई शक्ति चन्द युटुव च्यानलमा हेर्न सकिन्छ ।
हेरौं भिडियो ।