काठमाडौं । प्रमुख प्रतिपक्ष तथा ठूलो दल नेकपा एमालेसँग चुनावी प्रतिस्पर्धाका लागि सत्तारुढ पाँच दल एकै ठाउँमा उभिने सहमति भएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ।
यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेको सत्ता गठबन्धनले आउँदो निर्वाचनमा पनि तालमेललाई निरन्तरता दिने निर्णय गरेको हो। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच चुनावमा एमालेबिरुद्ध मोर्चाबन्दी गरेर जाने सहमत भएको छ ।