• फाल्गुन २६ २०८२, मंगलवार

पेलोसीको ताइवान भ्रमण गलत छ: चीनका लागि पूर्वअमेरिकी राजदूत

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । चीनका लागि पूर्वअमेरिकी राजदूतले  अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गलत भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीसँगको एक अन्तर्वार्तामा पूर्वराजदूत म्याक्स बाकसले उक्त धारणा राखेका हुन्।

‘सभामुख पेलोसीको ताइवान भ्रमणले अनावश्यक रूपमा तनाव बढाएको छ,’ म्याक्सले भनेका छन्,’ मलाई लाग्छ यो खतरनाक र लापरवाह हो। र, मूलत: यो भ्रमण गलत हो।’