काठमाडौं । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेपकी पत्नी अभिनेत्री एम्बर हर्डले सम्वन्ध विच्छेद भइसकेका पतिलाई यौन हिंसाको आरोप लगाउँदा उल्टो झमेला आइपरेको छ ।
आफ्ना पतिलाई यौन हिंसाको आरोप लगाउँदा अदालतले उल्टै १ करोड डलर तिराएपछि अभिनेत्रीले घर बेच्न बाध्य भएकी छिन्
अभिनेत्री एम्बरले यसअघि पूर्वपति डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे ।
सो मुद्दामा डेप विजयी भए र अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो ।