• आश्विन १३ २०८१, आईतवार

भागवत गीता पढ्नु भएको छैन भने यी मुख्य १४ सार पढ्नुस्

श्रावण १९ २०७९, बिहीबार

१ं. मोह या सुख शान्तिको अधीनमा नपर्नु ।

२ं. शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।

३. निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।

४. तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।

५. सधैँ सुख-दुःखमा समान भाव हुनु ।

६. अन्तस्करणमा समता राख्नु ।

७. सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।

८. सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।

९. सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।

१०. विलक्षण, विशेषता, सुन्दरता, विद्वता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।

११. यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु ।

१२. शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।

१३. संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।

१४. सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।