• आश्विन १३ २०८१, आईतवार

स्वस्थ बन्न सन्तुलित आहार कसरी खाने ? यी हुन् १० उपायहरु

श्रावण १८ २०७९, बुधबार

हिजोआज संसारका धनी, गरिब, मजदूर, ज्यामीलगायतका धेरै मानिसका लागि सन्तुलित आहार गर्न नसक्नुले रोगी बन्दै गइरहेका छन् । हरेक दिन विभिन्न रोगले ग्रसित हुँदै गएपछि अस्पताल, चिकित्सकलाई हैरानी र औषधी उत्पादनमै समस्या परेको सत्य नै हो ।

तथापि यसबाट छुट पाउन हामीले दैनिक दिन सन्तुलित भोजन गर्न आवश्यक छ । जसका लागि टाढा जाँनै पर्दैन । हाम्रो जग्गा, जमिन, बारी र बारीका काल्नामा फल्ने अन्नबाली र सागसब्जी आहार गरे पुग्छ ।

यी अन्नबाली छोडेर तयारी, पत्रुस खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले स्वस्थ रहन यी उपाय अवलम्बन गर्नुहोस् ।

उपायहरु :

१. बिहान बेलुकीको खानामा हरियो सागसब्जी खानु स्वास्थ्यका लागि निकै लाभदायिक हुन्छ ।

२. हरेक दिन सकेसम्म फलफुल खानुपर्छ ।

३. दैनिक ३ देखी ५ ग्रामभन्दा बढी नुनको प्रयोग गर्नुपर्छ ।

४. बिहान र बेलुकी २/३ वटा सुख्खा रोठी, साग र मौसमी तरकारी खानु राम्रो ।

५. चिल्लो नराखी माछा र मासु पकाएर खादा स्वास्थ्यमा असर पर्दैन ।

६. अंकुरित गेडागुडी खानु लाभदायक हुन्छ ।

७. फापर, कोदो, जौ, मकैका परिकार खानुले मुटुलाई फाईदा गर्छ ।

८. बेलुकीको खानामा दैनिक काचो लसुन खादा फाइदा हुन्छ ।

९. बेलुकीको खाना खान बित्तिकै तुरुन्त सुत्नुहुँदैन । कम्तीमा १/२ घण्टा पछि सुत्नुपर्छ ।

१०. सुत्नुभन्दा पहिले पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।