• मंसिर ११ २०८१, मंगलवार

वर्षा र शोभाको तीज गीत ‘कम्मरै भाँच्ने हो, नाच्ने हो’ले मच्चायो तहल्का

श्रावण १७ २०७९, मंगलवार

‘कम्मरै भाँच्ने हो, नाच्ने हो
फलानाले के भन्छन्, ढिस्कानाले के भन्छन्
छोड्देउ दाई, अब नाच्ने हो ।’

तीजको समय नजिकिँदै गर्दा बजारमा धेरै किसिमका तीज गीतहरु आएका छन् । नेपाली समाजमा तीज आउनु भन्दा लगभग एक महिना अघिदेखि यस्ता गीतहरुको रौनक देखा परिहाल्छ ।

आफ्नो संस्कृति र परम्परा जोगाउने उद्धेश्यले र कयौंले त तीज गीत रेकर्ड गरेर आफ्नो इतिहास सुरक्षित गर्ने उद्धेश्यले गीतहरु रेकर्ड गर्ने गर्छन् । आज भोली त गीतका म्यूजिक भिडियो नै बनाएर सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा प्रचार प्रसार गर्ने चलन आइसकेको छ ।

तीज पर्व हिन्दू संस्कारमा हुर्किएका महिलाहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।

तीजमा हिमालय पर्वतमा राज गरेका शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मूख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, शिवको प्रेममा परेकी हिमालय पुत्री पार्वतीले शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।

यसै बीच वर्षा शर्मा र शोभा तिवारीले पनि यस वर्षको ‘कम्मरै भाँच्ने हो, नाच्ने हो’ बोलको तीज गीत बजारमा ल्याएका छन् । गीतमा गायिका शर्मा र तिवारीकै स्वर रहेको छ भने गीतलाई शोभा तिवारीले संगीतवद्द गरेकी छिन् ।

जिनियस म्यूजिक प्रालिले उत्पादन गरि बजारमा ल्याएको सो गीतमा शिला गजुरेलको साथमा गायिका द्वयले नै अभिनय गरेका छन् ।