• आश्विन १३ २०८१, आईतवार

यदि तपाईं सफल बन्न चहानुहुन्छ भने यी १४ सूत्र अपनाउनुहोस्

श्रावण १७ २०७९, मंगलवार

असफल, निराश जीन्दगी व्यतित गरिरहेका मानिसलाई पनि सफल र सक्षम बन्न मन लाग्छ । उसले आफ्नो जीवनमा हमेशा कोसिस पनि गरिरहेको हुन्छन् । संयोगले उनीहरु असफल हुन्छन् र निराश भइरहेका हुन्छन् । हो, उनीहरुका लागि यी सूत्रहरु तयार पारिएको छ ।

१. सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिच्किचाउँनुस् त्यसलाई परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।

२. कामको सुरुवात सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने अवसर मिल्छ ।

३. उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।

४. कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।

५. संगत गर्न सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो संगतले राम्रै नतिजा दिन्छ ।

६. सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।

७. कसैलाई पनि इच्छाविपरीत काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।

८. तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।

९. सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।

१०. सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।

११. नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।

१२. काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।

१३. कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।

१४. काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ ।