• मंसिर १२ २०८१, बुधबार

भगवान शिवको मजाक बनाएका माग्ने बुढाले सो क्लिप हटाएर मागे माफी

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । कमेडी श्रृङ्खला ‘कमेडी हब’ले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप आलोचित बनेको छ । सो क्लिपलाई लिएर विभिन्न टिकाटिप्पणी गर्न थालिएको छ ।

गायक संजय श्रेष्ठले भगवान शिवको अपमान गरेको भन्दै सो श्रृङ्खला बन्द गर्न माग गरे । श्रेष्ठले सामाजिक संजालमा शिवमाथि मजाक गरिएको भिडियो पनि शेयर गर्दै हिन्दु धर्मको अपमानको बिरोध गर्दै कारवाहीको माग गर्न सबैमा अपिलसमेत गरेका छन् ।

चौतर्फी रुपमा सो विषयलाई लिएर आलोचना हुन थालेपछि कमेडी हबका निर्देशक केदार प्रसाद घिमिरेले क्षमा मागेका छन् । उनले माफी माग्दै सो ट्रेलर हटाइसकेको समेत जानकारी दिए ।

माग्ने बुढा लेख्छन् –

आदरणीय दर्शक तथा शुभचिन्तकज्युहरुमा नमस्कार ।

हामिले मिडिया हब मार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब माहादेबलाई लिएर बनाइएको बिषय बस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रती हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामी बाट भएको त्रुटि प्रती सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौ । साथै हामिले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब र टिकटक र फेसबुक सबैतिर बाट हटाइ सकेका छौ। बम बम भोले । जय भोले ।

–केदार प्रसाद घिमिरे