काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको आन्तरिक सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् । साथै चीनको सेनाको नेतृत्व सत्तारुढ कम्युनिष्ट पार्टीप्रति वफादार विश्वसनीय व्यक्तिलाई मात्रै दिनुपर्ने चेतावनी पनि दिएका छन् ।
जसले गर्दा विश्वको सबैभन्दा ठूलो र शक्तिशाली सेनाको दर्जामा अरु कुनै देशले चुनौती नदेओस् । अगस्ट १ मा चीनको जनमुक्ति सेनाको गठन भएको ९५ वर्ष पूरा हुनेछ । जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो ।
यसअघि बिहीबार सेनाको तालिम र शक्तिको विषयमा आयोजित एक अध्ययन सत्रमा बोल्दै चिनियाँ राष्ट्रपतिले भने, सैनिक भर्ती गर्दा राजनीतिक इमान्दारीतामा जोड दिनुपर्छ ताकि सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम रहोस् ।
आफ्नो विज्ञप्तिमा जिनपिङले युद्धको प्रकोप र विश्वमा जारी अशान्तिलाई औंल्याउँदै भने, सेनाका कर्मचारीहरूको एउटै उद्देश्य हुनुपर्छ, त्यो हो कि उनीहरूले मिलेर लड्न र जित्न सक्ने सेना निर्माण गर्नुपर्छ ।
मुलुकले राष्ट्रिय सुरक्षामा बढ्दो अस्थिरता र अनिश्चितताको सामना गरिरहेको छ । जिनपिङको यो भनाइ यस्तो बेला आएको हो जब चीन र अमेरिकाबीच लगातार तनाव भइरहेको छ ।
विशेषगरी ताइवानको मुद्दामा दुवै देश आमनेसामने छन् । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्न सक्नेछिन् ।
न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान बेहोर्ने चीनले अमेरिकालाई चेतावनी दिँदै उनको भ्रमणको खबर आएपछि चीन आक्रोशित भएको छ । यहाँ जुलाई २९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कलमार्फत् दुई घण्टाभन्दा बढी कुराकानी भएको थियो ।
ताइवानको मुद्दामा चीनले अमेरिकालाई चेतावनी दियो कि १.५ अर्ब चिनियाँ नागरिकले देशको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कायम राख्नुपर्छ भन्ने विश्वास गर्छन् ।
त्यस्तै, अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी अर्को हप्ता एसिया भ्रमणमा जाँदैछिन् । उनको कार्यालयले भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेको छ, तर यो भ्रमण तालिकामा ताइवान भ्रमणको कुनै उल्लेख छैन ।
न्यान्सी पेलोसीको कार्यालयले जारी गरेको भ्रमणको विस्तृत तालिकामा उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ ।
यसअघि उनले यो भ्रमणका क्रममा ताइवानको भ्रमण गर्न सक्ने पनि समाचारमा चर्चा थियो । यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको छ ।
चीनले अमेरिकालाई न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान बेहोर्ने चेतावनी दिएको थियो । उसले ‘शक्तिका साथ जवाफ दिने’ कुरा गरेको थियो ।
विगत केही वर्षमा धेरै अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गरेका छन्, तर विगत २५ वर्षमा कुनै पनि उच्चस्तरीय निर्वाचित नेताले भ्रमण गरेका छैनन् ।
अमेरिकाको क्यालिफोर्नियाबाट डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधि सभाको सभामुख हुन् । उनी राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन् ।
यदि उनले ताइवानको भ्रमण गरेको भए, उनी १९९७ पछि त्यसो गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुने थिइन् । चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ । चीन यो देशको एक हिस्सा हुनुपर्छ भन्ने विश्वास गर्दछ ।
यसका लागि चीनले सैन्य हस्तक्षेप पनि गर्न सक्छ । अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्दछ तर, बाइडेन प्रशासनले कथित रूपमा न्यान्सी पेलोसीलाई ताइवान जानबाट रोक्ने प्रयास गरेको बताइएको छ ।
बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा दुई घन्टा २० मिनेट लामो कुराकानी गरेका थिए । यस वार्तामा पनि दुवै देशले ताइवानलाई लिएर एकअर्कालाई चेतावनी दिएका थिए ।