• आश्विन १३ २०८१, आईतवार

यस्ता छन् विश्व प्रसिद्ध व्यक्तिहरुका प्रेरक भनाइ, पढ्न छुटाउनु भयोकी ?

श्रावण १६ २०७९, सोमबार

१. अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो । -अज्ञात

२. क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ । -श्रीमद्भागवत गीता

३. त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । -कन्फ्युसियस

४. यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ । -जवाहरलाल नेहरु

५. यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु । -विदुर नीति

६. स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो । -गौतमबुद्ध

७. एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर । -चाणक्य

८. महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज । -स्टिभ जब्स

९. ६ प्रकारका व्यक्ति सधै दुःखी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने । -विदुर नीति

१०. काम, वासना, क्रोध र लोभ । यी तीन नर्कको ढोका हो । -सन्त कवीर

११. यी आठ गुणले ख्याती बढाउँछ, बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्तिअनुसार दान दिने र कृतज्ञता । -विदुर नीति

१२. ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ । -चाणक्य नीति

१३. धैर्य गर्न सिक्नुस्, धैर्यले हरेक मानिसलाई शालिन र भद्र बन्नमा मद्दत गर्छ । -एलन मस्क